विविध

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

By खबरहब

June 29, 2022

काठमाडौँ– सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी  ट्रेडिङ प्रा. लि. र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा असार १ गते देखी असार ९ गते सम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।

देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्सियल गाडीका चालकहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा  प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकहरूले के कस्ता कुराहरुमा ध्यान दिँदा गाडीको कार्य क्षमता बृद्धि गर्न सकिन्छ ,गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुँदैन, गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदि कुराहरु तालिममा समेटिएको थियो ।