बैंक/वित्त

ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा

By खबरहब

June 29, 2022

काठमाडौँ- ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथली मा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको  छ । बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवा सहजरूपमा ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

महालक्ष्मी नगरपालिका वडानं. ५, ललितपुरस्थित टिकाथली शाखाको समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर  हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष  हरिचन्द्र खड्काले संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहक तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो। साथै, ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजैदेखि एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखा का ग्राहकहरूको निमित्त शून्य मौज्दातमै  क्यु आर कोड  निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुटलगायतका विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ।

शाखा विस्तार सँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटिएम पुगेको छ।