बैंक/वित्त

कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

By खबरहब

June 29, 2022

काठमाडौँ– कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोस्कोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटि, एम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।