सांकेतिक तस्बिर

देश/प्रदेश

लागू औषधसहित सुर्खेतबाट एक जना पक्राउ

By खबरहब

June 29, 2022

सुर्खेत- लागू औषधसहित सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दैलेखको दुल्लु नगरपालिका–१ सातखम्बका २० वर्षीया दिनेश शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । हाल उनी वीरेन्द्रनगर नगरपालिका –३ मुसुरीखेत बस्दै आएका थिए ।

प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएको प्रहरी टोलीले शाहीलाई शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीकाअनुसार उनलाई सोधपुछ गरेर शरीर खानतलासी गर्दा उनको साथबाट ८ ग्राम ७८० मिलिग्राम र शुद्ध ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।