आर्थिक

मानो रोपेर मुरी फलाउने धान रोपाइँका ७ तस्बिर

By खबरहब

June 29, 2022

काठमाडौँ : असार १५ को दिन विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइएको छ । धान रोपाइँमा धेरैजसाले धान रोपाइँको फोटो फेसबुकमा हाल्नैका लागि पनि धान रोपाइँ गर्न खेतसम्म पुगेका छन् । तर वास्तविक किसान जो बाह्रैमास धान रोप्छन्, उनीहरु भने अहिले पनि मल र पानीविना पर्याप्त धान रोपाइँ नभएको चिन्ता व्यक्त गरिहेका छन् ।

सरकारी अधिकारी, उच्च पदस्थले भने धानको माला लगाएर धान दिवस मनाएका छन् । कृषिमन्त्रीले भने मेशिनले धान रोपेका छन् । दही चिउरा खाने दिन भएकाले पनि असार १५ को धान रोपाइँ दिवस विशेष रुपमा मनाउने क्रम निरन्तर चलिरहेको छ । असारलाई मानो रोपेर मुरी फुलाउने समयका रुपमा पनि लिइन्छ ।