भन्सार एजेन्टमा छानिए ६६० जना, को को परे ? (सूचीसहित)

By खबरहब

June 29, 2022

काठमाडौं– लोकसेवा आयोगले लिएको परीक्षाबाट ६६० जना भन्सार एजेन्टमा छनोट भएका छन् ।

भन्सार विभागले एक सूचना जारी गर्दै भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले भन्सार एजेन्टका लागि गत वैशाख १७ गते लिखित परीक्षा लिएको थियो । उक्त परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएको भन्सार विभागले सूचनामार्फत जानकारी गराएको छ । छनोट भएकाहरूले असार ५ गतेदेखि असार १३ गतेसम्म अन्तर्वार्ता दिएका थिए ।

अन्तर्वार्तामा सहभागी ८५७ जना उम्मेदवारहरु मध्येबाट ६६० जना नयाँ भन्सार एजेन्ट छानिएको भन्सार विभागले जनाएको छ ।

हेर्नुहोस् विभागको नतिजाः