फाइल फोटो

राजनीति

शेखर कोइराला समूहको बैठक बिहीवार बस्दै

By खबरहब

June 29, 2022

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बिहीबार बस्ने तयारी छ । कोइरालाको सचिवालयले कहाँ र कतिबेला बस्नेबारे भने अझै टुंगो नभएको जनाएको छ ।

शेखर समूहले निर्वाचन समूह, भातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायतका विषयमा छलफल गर्ने तयारी छ । स्थानीय निर्वाचनबारे काँग्रेसभित्र निर्वाचन समीक्षालाई लिएर कुनै पनि छलफल भएका छैनन् ।

अर्कातिर, तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए । त्यसपछि कोइराला समूह रुष्ट बनेका थिए ।

कोइराला सचिवालयले देउवाले आफूले अबदेखि शेखर समूहसँग सल्लाह लिने बताए पनि त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ ।

केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए । त्यसमा उनले शेखर समूहसँग कुनै छलफल गरेका थिएनन् ।

देउवाले त्यसरी किसान संघ र आदिवासी जनजाति संघका अध्यक्ष मनोनयन गरेको भोलिपल्टै शेखर समूहका युवा नेताहरूको बैठक शेखरको सचिवालय बालुवाटारमा बसेको थियो ।