प्रतिकात्मक तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको विमान दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

July 29, 2022

काठमाडौँ- भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानका क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रशिक्षण उडानका क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको हो ।

मिग मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार अबेर दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।