आर्थिक

‘नेपाल एसियाकै भ्रष्ट देश बन्छ, तर श्रीलंका बन्दैन’

By खबरहब

July 29, 2022

काठमाडौँ : लेखक देवेश झाले नेपाल तत्काल श्रीलंका नबन्ने बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने भन्ने’बारेको छलफलमा बोल्दै लेखक झाले श्रीलंकाबाट ३५ टन सुन मात्रै आयात भइरहेको अवस्थामा नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने बताएका हुन् ।

‘नेपाल कसरी श्रीलंका बन्न सक्छ ? जहाँबाट ३५ टन मात्रै सुन आयात भइरहेको छ’ उनले कार्यक्रममा भने, ‘मलाई त तत्कालै नेपाल श्रीलंका बन्न सक्छ जस्तो लाग्दैन । यस्तो कुरा हुँदैन ।’ अहिले सुन आयात, घरजग्गा कारोबारको अवस्थादेखि धेरै कुराको विषयमा नेताहरु जिम्मेवार नभएको पनि उनको भनाई छ ।

अहिले राजनीतिक नेताहरु चर्चित भएपनि विषयवस्तुको ज्ञान नभएका कारण देशमा संकट उत्पन्न भएको पनि लेखक झाले बताए । ‘अहिले नेताहरु चर्चित छन्, विषयवस्तुको ज्ञान छैन,’ उनले कार्यक्रममा भने, ‘देश हाँक्ने नेताहरु जिम्मेवार र विषयवस्तुमा गम्भीर नहुँदा धेरै समस्या निम्तिएका छन् ।’

वर्तमान अवस्थामा नेपाल आर्थिक संकटमा फस्नेभन्दा राजनीतिक भ्रष्टाचारले थप चर्चामा रहने पनि उनले बताए । ‘नेपाल एसियामा भ्रष्टाचारी मुलुक बनिसकेको छ’ उनले कार्यक्रममा आफ्नो मन्तव्यको सारमा भने, ‘तर श्रीलंका बन्दैन ।’