काठमाडौं – हिन्दु नारीको महत्वपूर्ण चाड हरितालिका तिजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले दिनभर नाच गान गदै पीडा पोख्दै चर्को घाममा उनीहरूलाई समस्या नहोस् भनेर परापूर्वकालदेखि नै उनीहरूलाई दर खाइने प्रचलन रहेको छ। अहिले उपत्यका लगायतका सहरमा यो रमझम बढ्न थालेको छ। दर खाने र खुवाइने प्रचलन एक महिना अघिदेखि नै गरेका छन्। आज बनाइने परिकार अथवा दरको बारेमा प्राध्यापक तथा डा. पोषणविद् उमा कोइरालासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
तीजमा दर खाने कुरालाई हामीले कसरी बुझ्ने ? सामान्यतया दर भन्नाले यसको पर्यायवाची शब्द मिठो मसिनो अलि विशेष खाने कुरालाई दर भनिन्छ।
पहिला एक दिन अगाडि दर खाइन्थ्यो। तर, अहिले एक महिना भन्दा अगाडिदेखि खाइन्छ एउटा पोषणविद् भएको नाताले कसरी हेर्नु भएको छ ? दर खाने भनेको व्रतको अघिल्लो दिनमा नै खाने हो। तर, पहिला घरमा सीमित भएको कुरा अहिले विभिन्न ठाउँमा फैलियो। नाता गोता, अफिसमा, कुनै संघ संस्थामा एउटा व्यक्ति कार्यरत भएकोले यो सबै ठाउँमा सम्मानपूर्वक खुवाउन थालिएको छ। तर, खासमा दर खाने त तीजको एक दिन अगाडि नै हो।
हामीले पहिलादेखि मानिएको दरमा खाँदै आएका परिकार नभएर खान नहुने भनिएका परिकार पनि समावेश हुन थालेको छ ? त्यहाँ त हामीले विचार गर्नु पर्दछ। यसको सकारात्मक कुरा पनि छ। मान्छे बोलाउँदा विशेष खुवाऊ भन्ने धारणा छ। दाल भात त सधै खाएको हो। त्यसैले विशेषमा कोही पिजा तिर गयो होला। कोही पास्तातिर गयो होला। अलिकति तारेका खाना पर्यो होला। तर, हामीले नै त्यसमा ध्यान दिनु पर्दछ। लगातार त्यस्तो खानेकुरा खायो भने असर गर्दछ। त्यसैले सबैले जानेको परिकार चलनमा चलेका परिकार हेर्दा त्यही मासुजन्य परिकार पास्ता भए। बाहिर बजारमा खानेकुरा नखाने। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खाने।
आज कस्तो परिकारको दर चाहिँ बनाउनै पर्ने वा कस्तो कस्तो परिकार समावेश गर्नु पर्दछ त ? यसमा स्वास्थ्यको दृष्टिकोणले हेर्दा सधैँ खाने खाना दाल भात तरकारी खान्छौँ। यो दरमा चाम्रे, आलुको कवाब, ढकनी, खिर पुलाउ सधैँ नखाने राम्रो खाना खाँदा राम्रो हुन्छ। घरमा सबै व्यक्तिले खुसीले खाने चिज के हुन्छ, त्यो खाने हो।
एकैपटक धेरै खाँदा समस्या हुन सक्छ, त्यसैले यो कसरी खाँदा भोलिलाई पनि असर नहोस् भनेर कसरी खाने ? बिहानदेखि नै मजाले खाने गर्नुपर्छ। सहरी एरियामा बेलुका धेरै नखाने चलन छ। त्यसैले बिहान नै मजाले खाने गर्नुपर्छ। धेरै चिल्लो खाना नखाने। घिउहरू आफ्नो स्वास्थ्यले के कति पचाउन सक्छ ? त्यति मात्र खाने हो। दिउँसो ठिक्क पुरी तरकारी सेल फुरौला कसको कस्तो चलन छ, त्यही खाने हो। बेलुका कतिको घरमा नर्मल खाना खाएर काँडा खाने चलन छ। काँडा भनेको मिस्रीको छोल कसैले घिउमा मिस्री भुटेर पनि खान्छन्। कसैले सादा पानीमा मिस्री हालेर बाह्र मसला हालेर खाने हो। कसैले बाक्लो दूध बनाएर खान्छन् कसैकसैले राती उठेर पनि खान्छन्। राति त राम्रोसँग पच्दैन। त्यसैले नखाँदा नै राम्रो हुन्छ।
तीजको भनेर कसै कसैले राति उठेर खानै पर्दछ भनेर खाने चलन पनि छ, त्यो सबैलाई असर गर्दछ कि ? यो व्यक्ति अनुसार फरक हुन्छ। कसैले चार बजे नै उठेर खानु पर्दछ भन्ने मान्यता पनि छ। तर, त्यो राति खाएर निदाउन सकिँदैन र पचाउन पनि सकिँदैन। कसैले पचाउछ भने त खाँदा पनि हुन्छ।
राति सुत्ने बेला दूध खानु उपयुक्त छ वा काँडा पानी खानु हाम्रो स्वास्थ्यको लागि उपयुक्त छ ? दूध खाँदा पनि राम्रो हुन्छ। काँडा भनेको एक किसिमको ग्लुकोज हो। त्यसले लामो समयसम्म शक्ति दिइरहन्छ। त्यसले लामो समयसम्म भोकको फिल हुँदैन।
कतिपयले भोलि व्रत बस्नुपर्दछ त्यसैले यो नन्भेज परिकार खानु हुँदैन भन्नु हुन्छ। यसमा यो व्रत र नन्भेज परिकारमा केही सम्बन्ध छ ? सम्बन्ध नै त छैन। तर, या आफ्नो आत्मसन्तुष्टि हो। माछा मासु र पच्न धेरै समय रहन्छ। र, भोकको फिल हुँदैन। कसैले माछा मासु खानु हुँदैन भने पनिर च्याउ खाँदा हुन्छ।
बिहानदेखि बेलुकासम्म आज खाने खानामा स्वस्थ्यवद्र्धक बनाउन के–के समावेश गर्नु पर्दछ ? आज खाने दरमा चिल्लो र प्रोटिनको मात्रा बढी हुन्छ त्यसले गर्दा हामीले गेडागुडी खाने गर्नुपर्छ। जसले गर्दा छिटो पच्दैन र चाँडो भोक लाग्दैन। घिउँ ठिक्क खाने त्यसले पनि चाडो भोक लाग्दैन। कतिपय प्रेसरका बिरामी कोलेस्ट्रोल भएका, रक्तस्राव भएका मानिसले चिल्लो कम खाएर सागपात खाने गर्नुपर्छ।
धेरै खानपान हुने पर्वमा स्वास्थ्यलाई कसरी ख्याल गर्ने ? चाडबाड रमाइलो गरेर मनाउनु पर्दछ। तर, यसका बाहानमा हामीले हाम्रो स्वास्थ्यलाई ध्यानमा राख्नुपर्छ। धेरै एकै पटक नखाने ठिक्क ठिक्क खाने गर्नुपर्छ। आफूमा कुनै समस्या छ भने त्यसलाई ध्यान दिएर मात्र खानुपर्छ। आफ्नो शरीर र स्वास्थ्यलाई ध्यानमा राखेर खानु होला भन्न चाहन्छु। प्रस्तुति : पुष्पाञ्जली बस्नेत