मुख्य समाचार

न्युरोडको सुरज आर्केड पुग्यो महानगरको टोली 

By खबरहब

August 29, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको टोली न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर त्यस स्थानमा सामान राखिएको छ ।

ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए । तर, व्यवसायीले आफूहरूले सामान निकाल्ने बताएपछि महानगर टोलीले तत्कालै निकाल्न निर्देशन दिएको छ । अन्यथा आफूहरूले नै खाली गर्ने महानगर टोलीको भनाइ छ ।

एक सातायता महानगरले अवैध संरचना भत्काउन थालेको छ ।