ब्रेकिङ स्टोरी

प्रधानमन्त्रीसहित कांग्रेस नेताहरू शीतल निवासमा

By खबरहब

August 29, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेता राष्ट्रपति कार्यलय शीतल निवास पुगेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सोमबार दिउँसो शीतल निवास पुगेका हुन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नागरिकता विधेयकबारे छलफल गर्नेछन्। राष्ट्रियसभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले ‘होल्ड’ मा राख्ने संकेत दिएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।