फाइल फोटो

ब्रेकिङ स्टोरी

चुनाव जित्न हामीले बालेनको भन्दा चर्को सेन्टिमेन्ट खोजिरहेका छौँ : प्रचण्ड (भिडियोसहित)

By खबरहब

August 29, 2022

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् ।

माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने विभिन्न कडीमध्ये एक जनताको सेन्टिमेन्ट पनि रहेको बताए ।

जनताको सेन्टिमेन्टमै खेलेर काठमाडौं मेयरमा बालेन शाह निर्वाचित भएको भन्दै उनले बालेनको भन्दा चर्को आफूहरूले सेन्टिमेन्ट खोजिरहेको बताए ।

जनताको सेन्टिमेन्टमा खेलेर चुनाव जित्नुपर्ने बताउँदै उनले काठमाडौँ उपत्यकामा तीन सिट जित्न सके माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गरे ।