देश/प्रदेश

बस दुर्घटना हुँदा १० जना घाइते घाइते

By खबरहब

August 29, 2022

तनहुँ- दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

 ग१ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।