अपराध

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ

By खबरहब

August 29, 2022

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीँको विशेष टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थायी घर भई ललितपुर बस्ने ५६ वर्षीय राजेश सुनुवारलाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा पाँच लाख जरिवाना भई फरार रहेका सुनुवारलाई कार्यालयको विशेष अनुसन्धान टोलीले सोमबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आजै अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकृत कृष्ण कुमार चन्दले जानकारी दिए ।