आर्थिक

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १३१ पुग्यो

By खबरहब

September 29, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा पुगेको छ। बुधबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३० पैसा र बिक्रीदर १३० रुपैयाँ ९० पैसा रहेको थियो ।

यस्तै युरो एकको खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?