फाइल फोटो

राजनीति

अभिनेत्री थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित

By खबरहब

September 29, 2022

काठमाडौँ– अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

 मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मङ्सिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।