फाइल फोटो

राजनीति

‘अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति देखियो’

By खबरहब

September 29, 2022

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन् । 

बिहीबार  अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा नकारात्मक रुपमा लिने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन् । 

त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हामफालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जिकिर गरे । उनले विधि र मापदण्ड तय गरेर सङ्गठनहरूलाई अघि बढाउनुपर्ने धारणा पनि राखे । अहिले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति हावी भएकाले जनताहरूको विश्वास गुम्दै गएको उनको भनाई छ । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अव समाजवादको बाटोमा हिड्नुको विकल्प नभएको बताए । उनले आगामी निर्वाचनमा बढि भन्दा बढि महिला उम्मेदवार खडा गरिने बताए । 

उनले पार्टीलाई दरो बनाउँदै मुलुकको विकासको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए ।