तस्वीर : रासस

देश/प्रदेश

पहिरोले त्रिशूली–गल्छी सडक खण्ड अवरुद्ध

By खबरहब

September 29, 2022

काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली–गल्छी सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने छ ।

यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे(टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए ।

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।