राजनीति

महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुङ्ग्याइयो

By खबरहब

October 29, 2022

महोत्तरी– सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी- १ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाई वैधता प्रदान गरेको हो ।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ । क्षेत्र न.२ क को  अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरूले बताएका छन ।

क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

क्षेत्र न। क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ ।  भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,झ  लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।