राजनीति

कांग्रेसको चुनावी घोषणापत्र : सुत्केरीभत्ता ५ हजार पुर्‍याउने 

By खबरहब

October 29, 2022

काठमाडौं– नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको हो । 

सरकारले चालु आर्थिक वर्षदेखि  मानव विकास सूचकाङ्कमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएको छ ।