फाइल फोटो

अन्तर्राष्ट्रिय

क्षयरोग नियन्त्रणका लागि सहकार्य गर्न जी २० को आह्वान

By खबरहब

October 29, 2022

काठमाडौँ- विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रको समूह जी २० का स्वास्थ्यमन्त्रीले क्षयरोग नियन्त्रणका लागि आपसी साझेदारी एवम् सहकार्य गर्न आह्वान गरेका छन् ।

कोभिड –१९ पछि सबैभन्दा धेरैको ज्यान लिएको सङ्क्रामक क्षयरोगको नियन्त्रण तथा निवारणका क्षेत्रमा काम गर्न पर्याप्त लगानी आवश्यक भएकाले रकम जुटाउन उनीहरूले आग्रह गरेका हुन् ।

सदस्य देशका स्वास्थ्यमन्त्रीको इण्डोनेशियाको बालीमा सम्पन्न बैठकपछि उक्त आह्वान गर्दै उनीहरूले प्राप्त हुने रकम सामूहिक प्रयासमा क्षयरोगको औषधि बढीभन्दा बढी उत्पादन गर्ने तथा त्यसविरुद्धको खोप उत्पादनमा उपयोग गरिने बताएका छन् ।

सन् २०३० सम्ममा विश्वबाट क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न जी २० को प्रयास सार्थक हुने अपेक्षा गरिएको छ ।