ब्रेकिङ स्टोरी

नवजात शिशुको शव फेला

By खबरहब

October 29, 2022

सिराहा– सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका-८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशुको शव शनिबार बिहान फेला परेको हो ।

छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जनाएको छ ।

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।