चाबहित साँखु सडकखण्ड । फाइल तस्बिर

देश/प्रदेश

कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी

By खबरहब

November 29, 2022

काठमाडौं – काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ।

कलंकी-नागढुंगा सडक विस्तार, चाबहिल-जोरपाटी-संखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला-भैसेपाटी-बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो ।

पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन् । उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ ।

कलंकी-नागढुंगा सडक विस्तारमा शर्मा-शैलुङ रकान्छाराम जेभीले ठेक्का लिएको छ । चाबहिल-जोरपाटी-संखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली, दोस्रोमा बज्रगुरु-छ्यांमिलारखानी जेभी र तेस्रो बज्रगुरु-बिरुवा-खानी जेभीले लिएका छन् । नख्खु खोला-भैसेपाटी-बुंगमती सडकको ठेक्का आशिष-बिरुवा-सिएम जेभीले लिएका हुन्।