राजनीति

नेकपा एसको निष्कर्ष : अहिलेकै गठबन्धनको सरकार, समानुपातिकमा थ्रेसहोल्ड कट्छ

By खबरहब

November 29, 2022

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेकै गठबन्धनको सरकार बन्ने निष्कर्ष निकालेको छ । चुनावको समीक्षा गर्न आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले यसबारे ब्रिफिङ गरेका थिए । बैठकमा एकीकृत समाजवादीले एमालेसहितको सरकारका लागि अहिले परिस्थिति नबनेको विश्लेषण गर्दै अहिलेकै पाँच दलीय गठबन्धनको सम्भावना बलियो रहेको बताएको छ ।

त्यस्तै, पार्टीले समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएर थ्रेस होल्ड कट्ने समेत ठहर गरेको छ ।