फाइल फोटो

ब्रेकिङ स्टोरी

उदयपुर १ मा कांग्रेसका नारायण खड्का विजयी

By खबरहब

November 29, 2022

काठमाडौं । उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नारायण खड्का निर्वाचित भएका छन्। परराष्ट्र मन्त्री समेत रहेका खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरी पराजित गरेका हुन् ।

अन्तिममत परिणामअनुसार खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् । भने एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन्। खड्का चौथो पटक सांसद निर्वाचित भएका हुन्।