आर्थिक

यस्तो छ आइतबारको विदेशी विनिमय दर

By खबरहब

January 30, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३ पैसा, यूके पाउण्डस्टर्लिङ १ को खरिददर १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा, स्वीस फर्याङ्क १ को खरिददर १२८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा तोकिएको छ ।

सँगै अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८४ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर १ को खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ २० पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेबियन रियल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा, कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ८९ र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा तोकिएको छ भने थाइ भाट १ को खरिददर ३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ ।