समाचार

आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने

By खबरहब

January 30, 2022

काठमाडौं– आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद् सजिना शाक्यले बताइन् ।

यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

देशको उच्च पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको उनले जानकारी दिइन् ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

सोमबार राति देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

यसैगरी मंगलबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।