खेलकुद

रोमाञ्चक स्थितिमा इङ्ल्यान्ड वेस्ट इन्डिज शृंखला

By खबरहब

January 30, 2022

काठमाडौँ – पाँच टी-२० शृंखला अन्तर्गत भ्रमणकारी टोली इङ्ल्यान्डले चौथो खेलमा आइतबार घरेलु टोली वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै खेल २-२ को बराबरीमा ल्याएको छ ।

१९४ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनमा समेटियो ।

वेस्ट इन्डिजका ओपनर काइल मायर्सले ४० रन जोड्दा जसन होल्डरले ३६, ब्रान्डन किङले २६ र निकोलस पुरनले २२ रनको योगदान दिए ।

इङ्ल्यान्डका मोइन अलीले दुई तथा रेस टपले, आदिल रासिद, लियाम लिभिङस्टोनले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९३ रनको मध्यम योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि मोइन अलीले सर्बाधिक ६३ रन जोड्दा ओपनर जसन रोय ५२ रनको योगदान दिए ।