सांकेतिक तस्बिर

समाचार

आगो ताप्ने क्रममा गर्भवती जलेर घाइते

By खबरहब

January 30, 2022

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छन् ।

परालको आगो ताप्ने क्रममा उनको शरीरमा गए राति आगो लागेको थियो । उनी गर्भवतीसमेत रहेकी बताइएको छ ।

कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।