राजनीति

अनुगमन गर्न पशुपतिनाथ पुगे पर्यटनमन्त्री आले (भिडियोसहित)

By खबरहब

January 30, 2022

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।

अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका क्षेत्रमा पुगेका थिए । सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै बिकृति देखिएको बताए । पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रिका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्वीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला बिक्रि गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

उनले पशुपति क्षेत्रमा निशुल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ती जनाए ।