राजनीति

स्थानीय तहमा नामाङ्कन र सीमाङ्कनसम्बन्धी सिफारिस लागू गर्न त्रिपाठीको माग

By खबरहब

January 30, 2022

काठमाडौँ– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कनसम्बन्धी आयोगको सिफारिस लागू गर्न माग गरेको छ ।

अध्यक्ष त्रिपाठीले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा कार्यान्वयन भए पनि अन्य प्रदेशमा हुन नसकेकाले यो कार्य पूरा गर्न माग गरेका हुन् ।

नामाङ्कन र सीमाङ्कन कार्यान्वयन भएपछि मात्र चुनाव गर्न उनले सरकारलाई आग्रह गरेका छन् । अन्यथा निर्वाचनमा बाधा पुग्न सक्नेसमेत त्रिपाठीले विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् ।

स्थानीय तहको चुनाव जेठमा गर्ने गठबन्धन दलको प्रतिबद्धतालाई त्रिपाठीले स्वागत गरेका छन् ।