देश/प्रदेश

प्रदेश १ : नामाकरणका विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन

By खबरहब

January 30, 2022

विराटनगर– प्रदेश नं. १ ले प्रदेशको नामकरणमा विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल बनाएको छ ।

आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलले प्रदेशसभा सदस्यहरू, विज्ञ तथा अन्य सरोकारबालाहरूसँग छलफल गरेर नामाकरणका विषयमा सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ ।

कार्यदलमा रहने अन्य सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको मन्त्री यादवले खबरहबलाई बताए ।

कार्यदलले दिने सुझावका आधारमा नामाकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने पनि प्रदेश सरकारले जनाएको छ । सात प्रदेशमध्ये प्रदेश नं. १ को मात्र नामाकरण बाँकी छ ।