समाचार

संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन

By खबरहब

January 30, 2022

अर्घाखाँची– संविधानसभाका पूर्वसदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको आइतबार काठमाडौँमा निधन भएको हो ।

अर्घाखाँची क्षेत्र नं. २ बाट संविधानसभामा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए । उनले मृगौला प्रत्यारोपण गराएका थिए ।

थापा हाल नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध थिए । थापाको जन्म अर्घाखाँचीको नरपानी वडा–७ मा सन् १९६२ मा भएको थियो । उनले विकास र समाजशास्त्रमा विद्यावारिधि गरेका थिए ।