फाइल तस्वीर

क्रिकेट

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज नेपाल र मलेसियाको प्रतिस्पर्धा

By खबरहब

March 30, 2022

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा बुधबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाको प्रतिस्पर्धा हुन लागेको हो । खेल बुधबार दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।

नेपाल र मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेका छन् ।

नेपाल र मलेसियाले यसअघि ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय स्पर्धा खेलेका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपाल विजयी हुँदा मलेसियाले एक खेल मात्र जितेको छ ।