फाइल फोटो

समाचार

काठमाडौँमा क्षणिक वर्षा, यी चार प्रदेशमा वर्षाको सम्भावना

By खबरहब

March 30, 2022

काठमाडौँ – तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेको काठमाडौँ उपत्यकामा बुधबार बिहान क्षणिक वर्षा भएको छ ।

केही दिन यता विश्वकै प्रमुख प्रदूषित सहरमा परेको काठमाडौँमा हल्का वर्षा हुँदा राहत महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।