खेलकुद

फ्रान्स र स्पेनको सानदार जित

By खबरहब

March 30, 2022

काठमाडौँ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन् ।

फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो । फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक-एक गोल गरे ।

अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो । स्पेनको जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गरे भने यारेमी पिनोले एक गोल गरे ।

मैत्रीपूर्ण खेलमा जर्मनी बराबरीमा रोकिएको छ भने बेल्जियमले बुर्किना फासोलाई र इटालीले टर्कीलाई पराजित गरेको छ।

जर्मनीले नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेल्दा बेल्जियमले बुर्किना फासोलाई ३-० र इटालीले टर्कीलाई ३-२ ले हराएको हो ।