रुस र युक्रेनको युद्ध जारी हुँदा समय नपुग्दै बच्चा जन्मने क्रम बढेको छ। चिकित्सकको रिपोर्ट अनुसार खार्किभ र लवीवका क्लिनिकमा पछिल्लो दुई साता यता ‘प्रिम्याचुयर बर्थ’को सङ्ख्या दुई गुणा या तीन गुणाले वृद्धि भएको छ। युद्धका कारण बढेको तनाव र स्वास्थ्यमा देखिएको केही गडबडीका कारण यो सङ्ख्यामा वृद्धि भएको छ।
खार्कीभमा जन्मिएको पोलिनाको तौल ६३० ग्राम छ। पुरा समय भएर जन्मने बच्चाको औसत तौल यसको पाँच गुणा बढी हुन्छ। मार्च महिनाको सुरुवातमै लवीवको पोटेन्सीयल अस्पतालमा जन्मिएकी भिक्टोरियाको तौल ८०० ग्राम थियो। भिक्टोरियासँगै जुम्ल्याहा भेरोनीका पनि जन्मिएकी थिइन्। उनको तौल एक किलो भन्दा बढी थियो। आमाले युद्धकै कारण किभ छाड्ने क्रममा यी दुईको जन्म भएको थियो। यी बच्चा जन्मने बित्तिकै शरणार्थीको रूपमा जीवन बिताउन बाध्य छन्। अन्य धेरै नवजात शिशुलाई रुसी बमवारीको बीचमा बचाएर सुरक्षित राख्न उनीहरूका आमा र चिकित्सकले सङ्घर्ष गरिरहेका छन्।
खार्कीभमा जन्मिएको पोलिनाको तौल ६३० ग्राम छ। पुरा समय भएर जन्मने बच्चाको औसत तौल यसको पाँच गुणा बढी हुन्छ। मार्च महिनाको सुरुवातमै लवीवको पोटेन्सीयल अस्पतालमा जन्मिएकी भिक्टोरियाको तौल ८०० ग्राम थियो।
पोलिनाको जन्म भएको मेडिकल केयरको निर्देशक आर्यना कन्ड्राटोभा खार्किभको क्लिनिकमा पूर्ववत् समयको भन्दा अहिले ‘प्री म्याचुयर बर्थ तीन गुणा बढेको बताउँछिन्। उनकै अनुसार जम्मा आधा बच्चा यसरी निर्धारित समय भन्दा पहिले नै जन्मने गरेका छन्। ‘सङ्क्रमण, स्वास्थ्य सहयोगको अभाव, खराब खानपान र युद्धको तनावले ‘प्रिम्याचुयर बर्थ’को जोखिम बढाएको छ,’ डा कन्ड्राटोभाले भनिन्, ‘हाम्रो प्रीम्याचुयर बर्थ रेट त्यसै पनि उच्च थियो। किनकी हामी कहाँ डोन्सटेक र लुहान्सकबाट सम्म मानिसहरू आउने गरेका थिए।’
युद्ध भइरहेका स्थानमा महिलाले लामो समयसम्म भीड भएको बेसमेन्टमा बिताउने गरेका छन्। यसका कारण सङ्क्रमणको जोखिम बढ्दो छ। आवश्यक स्वास्थ्य सहयोग पाउन पनि उनीहरूले कठिनाइ भोगेका छन्। यसरी गर्भवती महिला धेरै आउन थालेपछि उनको क्लिनिकमा अन्य बिरामी भने घटाउन परेको छ।
भिक्टोरियाकी आमा आर्यना जेलेना बच्चालाई जन्म दिनु भन्दा अगाडि किभ छाडेर लवीव पुगेकी थिइन्। त्यहाँ मानिसको भीड देखेर उनले आफ्नो वासस्थान छाडेकी थिइन्। सधैँ शरण लिन आउनेलाई घरमा आश्रय दिनुपर्ने भएपछि उनी सुरक्षित रूपमा बच्चालाई जन्म दिनकै लागि भीड छाडेर हिँडेकी हुन्। उनकै विचारमा युद्धको तनावका कारण छोरीहरू समय भन्दा सात महिना पहिले जन्मिएका हुन्। प्रीनाट युनिटमा भेटिएकी ओल्डा बोगाडीगा ६ महिनाकै गर्भवती हुन्। उनको पेटमा पनि जुम्ल्याहा बच्चा छन्। कर्फ्यू र बमबारी भएको स्थानबाट पार पाउन उनी किभ छाडेकी हुन्। किभबाट लवीव पुग्न उनलाई तीन दिन लागेको थियो। तीन दिनमा उनले पानीसम्म पिएकी थिइनन्।
युद्ध भइरहेका स्थानमा महिलाले लामो समयसम्म भीड भएको बेसमेन्टमा बिताउने गरेका छन्। यसका कारण सङ्क्रमणको जोखिम बढ्दो छ। आवश्यक स्वास्थ्य सहयोग पाउन पनि उनीहरूले कठिनाइ भोगेका छन्।
‘तपाईंले जनावर डर भन्ने सुन्नु भएको छ ?’ उनको प्रश्न छ’, यो दुख्ने या प्रसव वेदनाको डर थिएन। यो शरीरमा काँडा उम्रने काँप्ने डर थियो। यस्तो डर लागेपछि खान र केही सोच्न पनि सकिँदैन। यहाँ आएपछि चिकित्सकले मेरो तौल ३.५ केजी घटेको बताए। मेरो बच्चाहरूमा पनि जोखिम छ किनकी उनीहरूको विकासको क्रममा अवरोध भएको छ।’ ती जुम्ल्याहाहरू बढ्न थालेका छन्। पाँच वर्षे उनका छोराले भाइ कहिले आउँछ भनेर सोधेको सोध्यै छन्। भिक्टोरिया रुसी हुन्, उनका श्रीमान् युक्रेनी हुन्। प्रेममा बाँधिएर जीवन बिताइ रहेका उनीहरूलाई अहिले उनीहरूको देशकै युद्धले यातना दिएको छ।
खार्किभमै डा कान्ड्राटोभाले कम तौल भएको बच्चालाई अझै आइसीयूमै केही समय राख्न उपयुक्त भएको विचार गर्छिन्। ‘तिमी ६०० ग्रामको बच्चा लिएर युद्ध भएको स्थानको बेसमेन्टमा जान सक्दैनौ। केही समय अस्पतालमा बच्चासँगै बिताए मात्र सबै कुरा ठिक हुनसक्छ,’ उनले भनिन्।
भिक्टोरिया रुसी हुन्, उनका श्रीमान् युक्रेनी हुन्। प्रेममा बाँधिएर जीवन बिताइ रहेका उनीहरूलाई अहिले उनीहरूको देशकै युद्धले यातना दिएको छ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार समय भन्दा अगाडि जन्मिएका बच्चालाई लामो समय ध्यानपूर्वक हेर्नु पर्ने हुन्छ। युद्ध र बम बारी भएको स्थानमा उनीहरूलाई लिएर जान त दिनै हुँदैन। उनी भन्छन्, ‘अस्पतालमा आक्रमण गर्नु, असह्यलाई आक्रमण गर्नु र बच्चालाई मानवतावादी सहयोग उपलब्ध गराउन रोक लगाउनु भनेका अन्तर्राष्ट्रिय मानवतावादी कानुनको ठाडो उल्लङ्घन हो। ’
भिक्टोरियाकी दिदी भेरोनीका आइसीयू छाडेर सामान्य वार्डमा आमासँगै पुगेकी छिन्। जब साइरन बज्छ उनी कुदेर बम सेल्टरमा जान चाहन्छिन्। तर, जान पनि मिलेन उनकी अर्की छोरी त अस्पतालमै छिन्। उनी भन्छिन्, ‘यो साँच्चै कठिन अवस्था हो। एउटा छोरी मेरो साथमा छे। अर्की डक्टर कहाँ। म सोच्छु सबै ठिक त होला नि। यस अवस्थामा आफूलाई बलियो बनाउनुको कुनै विकल्प नै छैन।’
लवीवको त्यो अस्पताल केही दिन अगाडिसम्म सुरक्षित लग्थ्यो। तर, अहिले अस्पतालका झ्याल फुटेका छन्। अस्पतालले अहिले अन्डरग्राउन्ड भवन बनाइ सकेको छ। आइसीयू र बर्थीङ सेन्टर लगायत त्यहाँ रहने छन्। युद्धमा अस्पताललाई पनि लक्ष्य बनाउन थालिएपछि त्यहाँ काम गर्ने कर्मचारीमा चिन्ता थपिएको छ। अर्यना छोरीलाई सम्झँदै भन्छिन्, ‘उनी युक्रेनी हुन्। उनले जित हात पार्ने छिन्।’
प्रसूति गृह अगाडि उभिरहेकी एक महिला। तस्बिर: एपी
यस्ता अनेकौँ दर्दनाक दृश्य रुस र युक्रेन युद्धमा देखिएका छन्। ज्यान जोगाउन र उपचार गर्न ६०० भन्दा बढी क्यान्सर पीडित बालबालिका युक्रेनबाट युरोप र दक्षिण अमेरिकाको विभिन्न देशमा पुगेका छन्। धेरैजना अस्पताल जानु भन्दा अगाडि पोल्यान्डको कुनै होटेलमा आश्रय लिने गरेका छन्।
बोन क्यान्सर भएका १८ महिने पाव्लो खेलौना लिएर खेलिरहेको अवस्थामा त्यसै अस्पतालमा भेटिएका थिए। पोल्यान्डमा अहिले चिकित्सकको एउटा समूह भेला भएको छ। त्यहाँ एक चरणको उपचार गरेर बिरामी बच्चालाई अन्यत्र लाने गरिन्छ। केही दिन अघि क्यान्सर भएका २१ जनालाई पोल्यान्डबाट बेलायत लगिएको थियो। केही दिन अगाडिसम्म पाव्लो आफ्नो दिदी र अभिभावकसँगै शान्त पूर्वक लवीवमा बसेका थिए। उनमा अकस्मात् दुर्लभ खालको क्यान्सर रोग देखिएपछि किमो थेरापी सुरु भएको थियो। यसै बिचमा युद्ध सुरु भए पछि उनीहरू पनि बेसमेन्टको सेल्टरमा पुगेका थिए।
ज्यान जोगाउन र उपचार गर्न ६०० भन्दा बढी क्यान्सर पीडित बालबालिका युक्रेनबाट युरोप र दक्षिण अमेरिकाको विभिन्न देशमा पुगेका छन्। धेरैजना अस्पताल जानु भन्दा अगाडि पोल्यान्डको कुनै होटेलमा आश्रय लिने गरेका छन्।
‘रातको समयमा उ आत्तिएको हुन्थ्यो। म पाखुरामा उसलाई राखेर रातभर जागै हुन्थेँ’, उसकी आमा लेसिया बताउँछिन्। छोराको जीवन बचाउने क्रममा उनका लागि युक्रेन छाड्नु भन्दा अर्को राम्रो विकल्प हुन सक्दैन थियो। उनको चाहना त घरमै बस्ने थियो। तर, चिकित्सकले एउटा औषधि त्यहाँ नआई पुग्ने जानकारी दिएपछि घार छाड्नुको विकल्प नै थिएन।
पश्चिम युक्रेनको लवीवमा अवस्थित बाल रोग अस्पतालबाट ४० बच्चा र तीनका अभिभावकसँगै यी आमा छोरा पनि पोल्यान्ड पुगे। मार्च महिना यता त्यसरी पोल्यान्डको निर्धारित उपचार केन्द्रमा पुग्ने त्यो पाँचौँ समूह थियो।
पोल्यान्डका बाल क्यान्सर विशेषज्ञको सङ्गठन हिरोज फाउन्डेसन, युएस चिल्ड्रेन रिसर्च च्यारीटी र टेब्लेथोकी च्यारीटी फाउन्डेसन लगायत संस्थाको पहलमा ती क्यान्सर पीडित बच्चा त्यहाँ लगिएका हुन्।
युद्धका अन्य धेरै खराब पाटा हुनसक्छ। अस्पतालमा आक्रमण, गर्भवती महिलालाई दिइने मानसिक यातना, बेसमेन्टको सङ्क्रमण र औषधि अभावका कारण देश छाड्नु पर्ने बाध्यताले अवस्था अझै खराब बनेको छ।
त्यहीँबाट उनीहरूलाई अन्य देशमा लगिने छ। यसरी बाल उपचारमा सहयोगी देशमा जर्मनी, स्पेन, इटाली, स्वीजरल्यान्ड, नेदरल्यान्ड, क्यानडा, अमेरिका र बेलायत छन्। यी सबै देशका अस्पतालमा यिनीहरूको उपचार जारी छ। चिकित्सक र त्यहाँ सक्रिय धेरै जनाको अनुसार युक्रेनमा थप २ हजार जनालाई यस किसिमको सहयोग आवश्यक छ।
यी सबैको उपचारमा सहयोग गरी रहेका लवीवका पेड्रियाटिक अंकोलोजीस्ट डा. रोमन किज्मा बालबच्चाप्रति देखिएको यो सहयोग अतुलनीय रहेको बताउँछन्। युद्ध सुरुवात भएको तेस्रो दिनमा त यी सबैको उद्धार सम्भव नहुने देखेर उनी आत्तिएका थिए। अहिले भने उनी यसमा सफलता पाएकोमा दङ्ग छन्।
युद्धका अन्य धेरै खराब पाटा हुनसक्छ। अस्पतालमा आक्रमण, गर्भवती महिलालाई दिइने मानसिक यातना, बेसमेन्टको सङ्क्रमण र औषधि अभावका कारण देश छाड्नु पर्ने बाध्यताले अवस्था अझै खराब बनेको छ। रुसी सेना यसका बाबजुद अमानवीय बनिरहेका छन्। एजेन्सीको सहयोगमा