सांकेतिक तस्बिर

अपराध

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

By खबरहब

March 30, 2022

सिन्धुपाल्चोक – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

चिर्पट र ढुङ्गा प्रहार गरी ४४ बर्सिया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी वादविवादको क्रममा तामाङले श्रीमतीलाई चिर्पट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्रेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।