राजनीति

सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए गोपनियताको सपथ

By खबरहब

March 30, 2022

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बुधबार आज सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थितिमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाएका हुन्। कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थिति रहेको थियो ।

यसअघि मंगलबार हिजो संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गरेकी हुन् । विराटनगर उच्च अदालतका न्यायाधीश रहेका श्रेष्ठ फागुन ६ मा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए।