तस्बिर : क्यान

क्रिकेट

मलेसियाद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य

By खबरहब

March 30, 2022

काठमाडौँ- त्रिकोणात्मक क्रिकेट सिरिजअन्तर्गत मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनायो ।

मलेसियालाई उच्च योगफल बनाउनबाट रोक्न नेपालका लागि करन केसी र कप्तान सन्दीप लामिछानेले २–२ विकेट तथा अबिनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।