फाइल फोटो

समाचार

पल शाहलाई थुनामा पठाउनुको कारणसहितको प्रतिवेदन उपलब्ध गराउन उच्च अदालतको आदेश

By खबरहब

March 30, 2022

काठमाडौँ- कलाकार पल शाहले उच्च अदालत कास्कीमा दिएको निवेदनमा बुधबार तोकिएको पेशीमा कारणसहितको प्रतिवेदन उपलब्ध गराउन आदेश दिएको छ।

उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएको प्रमाणहरूकाे प्रतिवेदन उपलब्ध गराउन बुधबार आदेश दिएको हो। पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले निवेदन दिएका थिए।

शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।