फाइल फोटो

समाचार

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

By खबरहब

March 30, 2022

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर विभिन्न काम गरेको बताएका हुन् ।

त्यस्तै कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको धारणा राखेका छन् । उनले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतले निर्वाह गरेको भूमिकाको प्रशंसासमेत गरेका छन् ।

कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार नीतिको कार्यान्वयनका लागि आवश्यक ऐन कानुन बनाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै अन्य सहभागीहरूले कोरोना प्रभावित पत्रकारहरूका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।