राजनीति

सत्ता गठबन्धन दलको बैठक भोलि बस्दै

By खबरहब

March 30, 2022

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक भोलि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान बस्ने बैठकमा स्थानीय तहको चुनावका विषयमा छलफल हुनेछ ।

यसअघि, मंगलबार बसेको नेपाली काँग्रेसको बैठकले आवश्यकताका आधारमा गठबन्धनका दलहरूबीच तालमेल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

काँग्रेसले तालमेल गर्ने औपचारिक निर्णय गरिसकेपछि गठबन्धनको बैठक बस्न लागेको हो ।