समाचार

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना संक्रमणमुक्त

By खबरहब

March 30, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९४० पीसीआर तथा १ हजार २५२ एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ७७ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन्।