फाइल फोटो

समाचार

राष्ट्रपतिद्वारा कानपुरस्थित प्राचिन कालीका मन्दिरको उद्घाटन

By खबरहब

March 30, 2022

काठमाडौँ- बिनासकारी भूकम्पबाट क्षतिग्रस्त भएको काभ्रेको नमोबुद्ध–५ कानपुरस्थित ऐतिहासिक, प्राचिन कालीका मन्दिरको पुननिर्माण सम्पन्न भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र नगरपालिकाको ७५ लाखको लगानीमा पुनर्निर्माण गरिएको मन्दिरको उद्घाटन गरेकी हुन् ।

वि. सं १८३८ सालमा स्थापना भएको मन्दिर स्थानीय मैनालीको कुल देवताको मन्दिर हो । मन्दिर उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हुँदा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो धारणा राखिन्।

उनले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त कालीदेवि मन्दिरको पुनर्निर्माणको लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको बताइन्  ।