फाइल फोटो

राजनीति

आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, बाध्यकारी होइनः महामन्त्री शर्मा

By खबरहब

March 30, 2022

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्र गठबन्धन हुने स्पष्ट पारेका छन् ।

आज काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले बनेपामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले चुनावी तालमेल बाध्यकारी नभएको भन्दै आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुने बताएका हुन् ।

उनले पार्टीलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागेको पनि बताए ।

तालमेल गर्दा कुन दलबीच कुन तहमा कस्ता उम्मेदवार दिने विषय पार्टीको संसदीय बोर्डले टुंग्याउने पनि महामन्त्री शर्माले बताए ।