नेपालमा यौन हिंसा र यौन दुराचारका घटना बारम्बार सुनिन्छन्। बहालवाला सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री मोदनाथ प्रश्रितसम्मको नाम यसमा मुछिएको भए पनि ‘ठूलाबाट भएका’ले यस्ता मुद्दालाई सामान्यीकरण गर्न सिंगो दल नै लाग्ने गरेको पाइन्छ।
नायक पल शाहको मुद्दा अहिले अदालतमा छ। दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि यौन हिंसाका मुद्दालाई ग्रहण गर्ने निम्छरो दलीय चेतबारे फेरि बहस प्रारम्भ भएको छ। स्थापितलाई एमालेले उम्मेदवार बनाएपछि धेरैको मनमा पक्कै ठेस पुगेको छ, जो यौन दुराचारलाई समाजमा निरुत्साहित गर्न चाहन्छन्।
दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि यौन हिंसाका मुद्दालाई ग्रहण गर्ने निम्छरो दलीय चेतबारे फेरि बहस प्रारम्भ भएको छ।
एमालेजस्तो नारी मुक्ती र अधिकारको लागि लडेको भनिने पार्टीले काठमाडौं महानगरपालिकाजस्तो देशकै राजधानीमा यौन दुराचार आरोपीलाई नै उम्मेदवार बनाएको घटनाले एमालेलगायतका दल महिला हिंम्सा या यौन दुराचारप्रति संवेदनशील नभएको सन्देश गएको छ।
काठमाडौं महानगरपालिकाकै पूर्वकर्मचारी रश्मीला प्रजापती र पत्रकार उज्जला महर्जनले सामाजिक संजालमार्फत स्थापितबाट आफूहरुमाथि यौन दुराचार भएको केही वर्षअघि खुलासा गरिसकेका हुन्। स्थापितले बारम्बार नगरकोट घुम्न जाने र ‘क्वालिटी टाइम बिताउने’ दबाब दिएको र त्यसका लागि तयार नहुँदा आफ्नो जागीर नै खोसिएको रश्मीलाको आरोप छ। उज्जलालाई पनि रातिराति फोन गरेर स्थापितले हैरान गरेपछि उनको फोन नै उठाउन छाडेको भनिएको छ।
समाजका दुई प्रतिष्ठित परिवारका महिलाले हचुवाकै भरमा या कुनै रिसइवी साँध्नकै लागि यसरी स्थापितमाथि यौन दुराचारको आरोप लगाएकै पक्कै हैनन्। यौन दुराचार, बलात्कारजस्ता विषय महिलाको अस्मिता र इज्जतसँग पनि जोडिएको ठान्ने नेपाली समाजमा हतपति महिलाले यस्ता कुरा बाहिर ल्याउँदैनन्। रश्मिला र उज्जवलाले पनि ‘भैगो नि त’ भनेर नै केही समय मौन धारण गरेको देखिन्छ। जसै भारत र नेपाललगायतका देशमा ‘मिटू अभियान’ सुरु भयो, त्यसपछि रश्मिला र उज्जलामा भन्ने आँट आएको हो।
काठमाडौं महानगरपालिकाकै पूर्वकर्मचारी रश्मीला प्रजापती र पत्रकार उज्जला महर्जनले सामाजिक संजालमार्फत स्थापितबाट आफूहरुमाथि यौन दुराचार भएको केही वर्षअघि खुलासा गरिसकेका हुन्।
उपमेयर उम्मेदवारबाट अपेक्षा अहिले चुनावको मुखमै किन त ? भन्ने प्रश्न गरिएको छ। यो प्रश्न मेयर उम्मेदवार स्थापितकै टिमबाट उपमेयरमा खडा भएकी सुनिता डंगोलले पनि गरेकी छन्। यौन दुराचारको मुद्दा चुनावमा मात्र उठाउने होइन, जहिले पनि उठाउनुपर्ने उनको जिकिर छ।
चुनावको अवसर पनि त्यो ‘जहिले पनि’ भित्रै पर्ने भएकाले अहिले रश्मिलाले यो विषय उठाउनु अनुचित होइन। चुनावमै हो यस्ता मुद्दा उठाउने। आफूमाथि यौन दुराचार गर्नेलाई एमालेले काठमाडौंकै ‘नगरपिता’ बनाउन लागेको देखेपछि पीडित स्तब्ध हुनु अस्वभाविक पनि होइन। पीडितलाई न बोध हुन्छ, यौन दुराचारको पीडा। अतः यो मामिलामा पिडककै मनोबल बढाउने र यौन दुराचारको सामान्यीकरण गर्ने हिसाबले कम्तीमा महिलाका नाताले उपमेयर उम्मदवार सुनीताले बोल्नु हुँदैनथ्यो।
स्थापितले बारम्बार नगरकोट घुम्न जाने र ‘क्वालिटी टाइम बिताउने’ दबाब दिएको र त्यसका लागि तयार नहुँदा आफ्नो जागीर नै खोसिएको रश्मीलाको आरोप छ। उज्जलालाई पनि रातिराति फोन गरेर स्थापितले हैरान गरेपछि उनको फोन नै उठाउन छाडेको भनिएको छ।
दुई–दुईजना महिलाले स्थापितमाथि यौन दुराचारको आरोप लगाइसकेपछि आफूलाई महिला हिंसा र महिलामाथिको अत्याचारविरोधी अभियन्ता ठान्नेको पहिलो कर्तव्य हुन्थ्यो, दुराचार आरोपीलाई उम्मेदवार बनाउने दलले दिएको टिकट ग्रहण नगर्ने।
उपमेयरको टिकट पाएपछि सुनिताले एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमै गएर भेटेर भन्नुपथ्र्यो, ‘मलाई टिकट दिनुभएकोमा बालाई धन्यावाद छ। तर, काठमाडौकै दुई महिलामाथि यौन दुराचारका आरोपीलाई मेयरको टिकट दिनुभएको रहेछ। म त महिला हिंसा र यौन दुराचारविरुद्ध सामाजिक अभियान चलाउँदै आएकी महिला, यौन दुराचार आरोपीकै टिमबाट कसरी उपमेयर बनुँ ?’
सुनिताले अर्को तर्क पनि गरेकी छिन्, जुन पितृसत्तात्मक कोणबाट गरिने प्रश्नसँग मिल्छ। प्रायः यौन अतिरेक र दुव्र्यवहारका मुद्दामा कथित सभ्य समाजले ‘प्रमाण के छ ?’ भन्ने गरेको छ। यो प्रश्न प्रहरी, प्रशासन, वकिल र न्यायाधिशले गर्ने हो।
जब कुनै महिलाले आफूमाथि फलानो व्यक्तिबाट यौन दुराचार भयो भनिसकेपछि प्रथमतः समाजले महिलाको संवेदनाकै पक्षपोषण गर्नुपर्छ। पीडितकै पक्षमा समाज उभिनुपर्छ। शंका ‘महिलाबाट झूठो आरोप लगाइएको हुनसक्छ’ भन्ने हिसाबले होइन, ‘पिडकले दुराचार गरेको हुनसक्छ’ भन्ने कोणबाट हुनुपर्छ। समाजको यस्तो मनोविज्ञान भयो भने मात्र यौन हिंशाकारी दुरुत्साहित हुने हो।
दुई–दुईजना महिलाले स्थापितमाथि यौन दुराचारको आरोप लगाइसकेपछि आफूलाई महिला हिंसा र महिलामाथिको अत्याचारविरोधी अभियन्ता ठान्नेको पहिलो कर्तव्य हुन्थ्यो, दुराचार आरोपीलाई उम्मेदवार बनाउने दलले दिएको टिकट ग्रहण नगर्ने।
जिम्मेवार राजनीतिक दल, महिला संघसंस्था, मिस नेवाजस्ता सेलीब्रेटी र नाम चलेका अधिकारकर्मीले यौन दुराचार पीडित महिलालाई न्याय दिलाउने पक्षमा भूमिका निर्वाह गर्नुपर्छ। उनलाई ‘प्रमाण के छ ?’, ‘चुनावमै किन बोलेको ?’ जस्ता प्रश्न गरेर हतोत्साहित गर्नुको अर्थ हो, विषयलाई सामान्यीकरण गर्नु।
बलात्कार र यौन दुराचारका मुद्दालाई सामान्यीकरण गर्न केही महिला अधिकारकर्मी ‘म्याडम’हरु नै लागेको त ‘अभिनेता पल शाहसँग जोडिएको ‘नाबालिका बलात्कार प्रकरण’मा देखिएकै हो। अधिकारकर्मी म्याडमले अभिनेता शाहलाई शुभकामना दिदै पीडित बालिकाकै चरित्रमाथि प्रश्न खडा नगरेका हैनन्। उदेकलाग्दो विषय के हो भने यौन दुराचारीलाई चोख्याउन र बचाउन अभिनेतृसमेत लागे।
दुराचार आरोपी नै उम्मेदवार किन ? उपमेयर उम्मेदवार सुनितासँग अहिले पाएको टिकट लत्याएर एमाले पार्टी र ‘ओली बा’सँग प्रश्न उठाउने हिम्मत छ कि छैन ? तर, रश्मिलाले भने प्रश्न उठाइसकेकी छन् ? उनले ओली बातर्फ औंला सोझ्याँदै सोधेकी छन्, ‘यौन दुराचारीलाई नै नगरपिता बनाउने हो ?’
रश्मिलाले ‘बाह्रखरी’को एक लेखमा एमाले नेतृप्रति पनि प्रश्न तेस्र्याएकी छिन्, जो यस विषयमा मौनता साँधीरहेका छन्। अखिल नेपाल महिला सँघलगायत एमालेका महिला नेतृसँग रश्मिलाको प्रश्न छ, ‘महिलाहरु अहिले माथिल्लो तहमा पुग्नुमा एमालेभित्रका महिला दिदीबहिनीको पनि हात छ। उहाँहरुको संघर्षको पनि योगदान छ तर अहिले यस्तो बेलामा कोही पनि किन बोल्दैनन् ? हामी दुई दुई जना महिलाले नै झुट बोलेका हौँला त ? यस्तो बेलामा पनि नबोल्ने नेतृहरु कसको लागि बोल्ने हो त ?’
रश्मिलाको थप प्रश्न छ, ‘एमालेले अहिले गरेको निर्णय भनेको महिला हिंसालाई सामान्यीकरण गर्नु होइन ? हामीले मेयरलाई नगरको पिता भन्छौँ। अहिले केशव स्थापितलाई नगरको पिता बनाएर महिलालाई जोखिममा पार्ने ? कि नपार्ने भन्ने प्रश्न होइन र ?’
‘हामीले मेयरलाई नगरको पिता भन्छौँ। अहिले केशव स्थापितलाई नगरको पिता बनाएर महिलालाई जोखिममा पार्ने ? कि नपार्ने भन्ने प्रश्न होइन र ?’
स्थापितमाथि दुई–दुई जना महिलाले यौन दुराचारको आरोप लगाएको प्रसंग एमाले नेतृत्वबाट लुकेको पक्कै हैन। स्थापितलाई उम्मेदवार चयन गर्दा यो मुद्दा पुनः उठनसक्छ भन्ने हेक्का पनि बालकोटलाई नभएको होइन। तर, स्थापितलाई नै उम्मेदवार बनाउनुका पछाडि एउटा सोचले काम गरिदियो। त्यो सोच हो, हाम्रो बलियो सँगठन छ, भाषण भुषण गरेर हावादारी गफ गरेपछि स्थापितले जितिहाल्छन्, दुई चार दिनपछि किस्सा खल्लास। यही हो, यौन दुराचारप्रति एमालेमा व्याप्त शून्य संवेदनता र विषयको सामान्यीकरण गर्ने नियत।
दुराचारीकै पक्षपोषण एमाले पार्टीमा त्यसो त यौन दुराचारीको कमी नै कहाँ थियो र ? यसअघि अर्घाखाँचीकी सामाजिक अभियन्ता शारदा भुसालले एमालेका पूर्वमन्त्री मोदनाथ प्रश्रितबाट भएको बलात्कारबारे ‘धरातल’ नामक पुस्तक नै लेखिसकेकी छन्।
कसरी मोदनाथले उनलाई काठमाडौं ल्याए र स्वयम्भुको एउटा कोठामा थुनेर यौन शोषण गरे भन्नेबारे शारदाले मार्मिक र हृदयविदारक बयान पुस्तकमा गरेकी छन्। तर, शारदाको पीडामा मल्हम दल्नुको साटो एमाले नेताहरुले उल्टै उनलाई ‘पागल’ करार दिएको घटना सेलाइसकेको छैन।
एमाले पार्टीमा त्यसो त यौन दुराचारीको कमी नै कहाँ थियो र ? यसअघि अर्घाखाँचीकी सामाजिक अभियन्ता शारदा भुसालले एमालेका पूर्वमन्त्री मोदनाथ प्रश्रितबाट भएको बलात्कारबारे ‘धरातल’ नामक पुस्तक नै लेखिसकेकी छन्।
एमाले महासचिव शंकर पोखरेलले त उल्टै यो विषयमा बलात्कार आरोपी मोदनाथकै पक्षमा सामाजिक संजालमा लेख्न चुकेनन्। साहित्यकार संजीव उप्रेतीलाई साधनाश्री पुरस्कार दिने घोषणा भयो। मोदनाथलाई पनि पदमश्री साधना सम्मान दिने घोषणा भएपछि लेखक उप्रेतीले बलात्कार आरोपीसँगै उभिएर पुरस्कार ग्रहण नगर्ने भनेर अस्वीकार गरे।
महासचिव पोखरेले सामाजिक संजालमा मोदनाथको बचाउ गर्दै ‘शारदा झाले चर्चामा आउनका लागि गरिएको अप्रमाणित आरोप’ भनेर लेखे। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले त्यसबेला आफ्नै प्रदेशकी एक चेलीको बेदनालाई सामान्यीकरण गर्न आफै अग्रसर हुनु बिडम्बना थियो।
महासचिव पोखरेलले लेखेका थिए, ‘प्रश्रितले नेपाली समाजको परम्परागत सामन्ती जडतालाई तोडन र सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा पु¥याएको योगदान अतुलनीय छ। एकाध किताबको सफलतासँग उहाँको योगदानको तुलना हुन सक्दैन। सञ्जीवजीले आफ्नो कमजोरी महसुस गरी प्रश्रितजीलाई सम्मान गर्नुहुनेछ।’
यसबाट स्पष्ट हुन्छ, यौन हिंसाको सामान्यीकरण गर्ने हर्कत एमाले नेताबाट बारम्बार हुँदै आएको छ। नेता शंकरले यसरी बलात्कार आरोपी मोदनाथको हाकाहाकी प्रतिरक्षा गरेपछि सामाजिक संजालमा व्यापक विरोध भएको थियो।
नेकपा एमालेभित्र यौन दुराचारी र पापाचारीको बिगबिगी कुन हदसम्म बढेको छ भन्नेबारे एमालेकै पूर्वमहासचिव एवं हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरीसकेका छन्।
शंकरको स्टाटसको जवाफमा शारदाले लेखेकी थिइन्, ‘शंकर पोखरेलजी, बुटवल लगायतका ठाउँहरूमा विजयसभा हुँदा कतिपय ठाउँमा हजुरसँग पनि भेट भएको थियो। त्यतिबेला मलाई प्रश्रितले हात समातेर लगेका हुन्थे। कहिले सोध्ने प्रयास गर्नु भो ? यी नानी को हुन् ? किन हजुरसँग छिन् भनेर ?’
सहिदकी पत्नी ताक्ने को ? नेकपा एमालेभित्र यौन दुराचारी र पापाचारीको बिगबिगी कुन हदसम्म बढेको छ भन्नेबारे एमालेकै पूर्वमहासचिव एवं हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरीसकेका छन्।
यौन हिंसा र दुराचारलाई सामान्यीकरण गर्ने प्रवृत्तिकै कारण कम्युनिष्ट पार्टीभित्र काम पिपासुको बिगबिगी नबढेको हैन। महिलालाई यौनिक आँखाले हेर्नेले पार्टीभित्र सहिदकी श्रीमतीसम्म ताकेका प्रसंग छरपस्ट छन्। एकपटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमै हुँदा यस्तो प्रवृत्तिको खुलासा गरेका थिए।
नेता नेपालले ओली गुटमा रहेका नेता कार्यकर्तातर्फ लक्षित गर्दै भनेका थिए, ‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ। अर्काकी श्रीमती ताकेको छ। सहिदकी श्रीमती ताकेको छ। बोलीमा मिठास छैन। उदण्डता मात्र छ, केही कुरामा विनम्रता छैन।’
नेपालले ओलीसँग निकट रहेकाहरु बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिड्ने गरेको आरोपसमेत लगाएका थिए। ओलीकै कारण पार्टीभित्र अनुशासनहीन, उदण्ड चरित्र र खराब आचरण भएकाको बोलवाला हुन थालेको र निष्ठाको राजनीति गर्नेहरु छायाँमा परेको नेपालको दाबी थियो।
ओलीसँग निकट रहेकाहरु बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिड्ने गरेको आरोपसमेत लगाएका थिए। ओलीकै कारण पार्टीभित्र अनुशासनहीन, उदण्ड चरित्र र खराब आचरण भएकाको बोलवाला हुन थालेको र निष्ठाको राजनीति गर्नेहरु छायाँमा परेको नेपालको दाबी थियो।
२०७५ फागुन १७ मा प्रेमिका रमिलाको हत्या गरेर लास कोशी नदीमा मिल्काएका एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका योगेन्द्र गुरुङ पक्राउ परेका थिए। घरमा श्रीमती र सन्तान हुँदाहुँदै परस्त्रीलाई प्रेमिका बनाएका गुरुङले पोल खुल्ने डरले प्रेमिका’कै हत्या गरेको खुलेको थियो।
२०७२ सालको असार १५ मा काठमाडौ.को मुलपानीमा धान दिवस मनाउने क्रममा महिलामाथि दुव्र्यवहार गर्ने तत्कालीन कृषिमन्त्री हरि पराजुलीको हर्कतका कारण मन्त्री पद नै गुमेको थियो। प्रदेश एकका मुख्यमन्त्री शेरधन राइमाथि पनि यौन दुराचारको आक्षेप लाग्दै आएको हो।
यस्ता मुद्दामा एमाले पार्टीले गम्भीरतापूर्वक पीडितलाई न्याय दिलाउने या प्रकरणको न्यायिक र तार्किक निरुपणको कुनै पहल गरेन। पार्टीभित्रका महिला संगठनले पनि यस्ता मामिलामा बोल्ने गरेको पाइदैन। तात्कालीन मन्त्री हरि पराजुलीका हकमा सामाजिक सँजालमै चर्को विरोध र नेतृ रामकुमारी झाँक्रीको प्रतिवादका कारण मन्त्रीबाट हटाउन एमाले बाध्य भएको थियो।
पार्टीभित्रका महिला संगठनले पनि यस्ता मामिलामा बोल्ने गरेको पाइदैन। तात्कालीन मन्त्री हरि पराजुलीका हकमा सामाजिक सँजालमै चर्को विरोध र नेतृ रामकुमारी झाँक्रीको प्रतिवादका कारण मन्त्रीबाट हटाउन एमाले बाध्य भएको थियो।
अन्यथा केही एमाले नेताले उतिबेलै ‘उत्सव मनाउने क्रममा अंकमाल गरेको र महिलाको अंकमाल पन्छाउने क्रममा त्यस्तो देखिएको’सम्म भन्न भ्याएका थिए। चारैतिरको कोणबाट खिचिएको भिडियो नै भाइरल भएपछि चाहिँ मन्त्री पराजुलीकै अशिष्ट हर्कत उजागर भएको थियो।
महिला हिंसाविरोधी आन्दोलन बनोस् निर्वाचन भनेको असल प्रवृत्ति र पात्रलाई छनोट गरेर असल परिवेश निर्माण गर्ने अवसर भएकाले दाग लागिसकेका मानिसलाई जिताउनुअघि मतदाताले दश पटक सोच्नुपर्छ। सवाल रश्मिला र उज्जलाको मात्र होइन, सवाल समग्र महिला वर्गको हो, जो हिंसा, उत्पीडन, बलात्कार र पितृसत्तात्मक सोचबाट पीडित छन्।
यौन दुराचार आरोपी स्थापितलाई उम्मेदवार बनाउने एमालेले यौन हिंसाको टडकारो मुद्दालाई सामान्यीकरण गर्छ भने यस्तो दलबाट आगामी दिनमा महिलाको हितमा नीति निर्माण र योजना कार्यान्वयन होला भनेर कसरी विश्वास गर्ने ? सवाल पात्रको होइन, प्रवृत्तिको हो। अतः महिला सशक्तिकरणका पक्षपाती र हिंसाविरोधी समग्र तप्काले यो चुनावलाई महिल हिंसाविरोधी आन्दोलन किन नबनाउने ?
उपमेयरकी उम्मेदवार सुनिताजी ? के तपाईंमा यो हिम्मत छ ? तपाईं कसको पक्षमा ? यौन दुराचार भोगेका रश्मिला र उज्जलाजस्ता महिलाको पक्षमा कि आरोपी स्थापित र उनलाई बोक्ने दलको पक्षमा ? यो नैतिक प्रश्नले तपाईंलाई घोच्छ कि घोच्दैन ? प्रश्न यो हो।