क्रिकेट

आईपीएलः लखनउसँग पन्जाब २० रनले पराजित

By खबरहब

April 30, 2022

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले पन्जाब किङ्सलाई २० रनले पराजित गरेको छ ।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ५४ रनको लक्ष्य भेट्न नसक्दा पन्जाब पराजित भएको हो । उसले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि जोनी बेयर्सटो ३२, कप्तान मायांक अग्रवाल २५, ऋषि धवनले २५ रन बनाए भने लियाम लिभिङस्टोनले १८ रन जोडे ।

लखनउका मोसिन खानले तीन, दुश्मन्था चामिरा र कुर्नाल पान्डयले दुईदुई विकेट लिए ।

लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । उसका लागि क्विन्टन डी कक ४६, दीपक होडाले ३४ रन बनाउँदा पन्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट हात पारेका थिए ।

यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा पुगेको लखनउले ८ खेलमा १२ अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले ९ खेलमा ८ अंक जोडेको छ ।