फाइल तस्वीर

ब्रेकिङ स्टोरी

७६ जिल्लाका लागि मतपत्र छापेर सकियो

By खबरहब

April 30, 2022

काठमाडौँ – निर्वाचन आयोगले भक्तपुर जिल्लासहित ६ वटा महानगरपालिकाबाहेक अन्य ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ ।

४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सबन्धीत जिल्लामा ढुवानीसमेत गरिसकेको सकेको छ।

काठमाडौँबाट लामो दूरीमा रहेका जिल्लालाई प्राथमिकता दिएर उक्त मतपत्रहरु विभिन्न जिल्लामा पठाउँदा मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत पुर्‍याइएको छ । ४३ जिल्लाका लागि गत १३ वैशाखदेखि नै मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाइएको प्रवक्ता शालिग्राम तिवारीले जानकारी दिएका छन् ।

हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाइको काम सम्पन्न गरेको आयोगले जानकारी दिएको छ ।